तनहुँमा सवारी दुर्घटना, एकको मृत्यु, एक घाइते

तनहुँमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल ट्रकसँग ठोक्किँदा तनहुँ एक्लेफाँटका मोटरसाइकल चालक ३१ वर्षीय दुर्गा भुजेललको घटनास्थलमै मृत्यु भएको हो । 

यसै गरी मोटरसाइकलमा सवार स्थानीय १७ वर्षीय साजन भुजेल घाइते भएका छन् । घाइतेको आँबुखैरनीस्थित अस्पतालमा उपचार भइरहेको छ । 

आँबुखैरिनीतर्फ गइरहेको ना६ख ६११८ नम्बरको ट्रकको पछाडि लु८प ८३५३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । 

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिइ आवश्यक सोधपुछ गरिरहेको छ । 





  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार ८:२०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया