मेस्सीले गुमाएको अवसर

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले जारी कोपा अमेरिकामा उत्कृष्ट गरिरहेका छन् । उनी प्रेरित अर्जेन्टिना प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ ।

उनले प्रतियोगिताका ६ खेलमा ४ गोल गर्नुका साथै ५ गोलका लागि अवसर सिर्जना गरेका छन् ।

टोलीलाई फाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका मेस्सीले बुधबार बिहान कोलम्बिया विरुद्धको खेलमा गोलविहीन हुँदै एक खास कीर्तिमानसँग बराबरी गर्ने अवसर भने गुमाए ।

यदि मेस्सीले यो खेलमा १ गोल गर्नसकेको भए उनले सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने दक्षिण अमेरिकी खेलाडीको कीर्तिमानसँग बराबरी गर्ने थिए ।

हाल यो कीर्तिमान ब्राजिलका पेलेको नाममा छ । उनले ९२ खेलमा ७७ गोल गरेका छन् ।

१५० खेलमा ७६ गोल गरेका मेस्सीलाई यही प्रतियोगितामा पेलेको कीर्तिमान बराबरी गर्ने वा तोड्ने अवसर अझै पनि छ तर त्यसका लागि उनले कम्तीमा पनि आइतबार हुने ब्राजिल विरुद्धको फाइनल खेलसम्म कुर्नु पर्नेछ ।





  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार ११:१४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया