युरो कप : इङ्ग्ल्यान्ड र डेनमार्कको नजर फाइनलमा

युरो कप अन्तर्गत दोस्रो तथा अन्तिम सेमिफाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्क एक अर्काको सामना गर्दैछन् । खेल इङ्ल्यान्डको घरेलु मैदान वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति पौने १ बजे हुनेछ । 

इङ्ग्ल्यान्ड युक्रेनमाथि ४-० को सहज जित निकाल्दै तथा डेनमार्क चेक गणतन्त्रको चुनौतीलाई २-१ ले पन्छाउँदै सेमिफाइनल प्रवेश गरेको हो ।

सन् १९९६ पछि पहिलोपटक युरो सेमिफाइनल प्रवेश गरेको इङ्ग्ल्यान्ड घरेलु मैदानको फाइदा उठाउँदै फाइनल प्रवेश गर्ने प्रयासमा हुनेछ । 

सन् १९९२ को विजेता बने यता पहिलोपटक युरो सेमिफाइनल पुगेको डेनमार्क पनि इङ्ग्ल्यान्डलाई स्तब्ध पार्दै फाइनलमा स्थान पक्का गर्ने सोचमा छ ।

हालसम्म यी दुई टोलीले २१ खेलमा एक अर्काको सामना गरेका छन् ।  इङ्ग्ल्यान्डले १२ र डेनमार्कले ४ खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ । 

सन् १९४८ मा मैत्रीपूर्ण खेल अन्तर्गत भएको पहिलो भेटमा उनीहरुले गोलरहित बराबरी खेलेका थिए ।



युइएफए नेसन्स लिग अन्तर्गत सन् २०२० मा भएको पछिल्लो भेटमा डेनमार्क १-० ले विजयी भएको थियो । यो खेलको विजेताले उपाधिका लागि आइतबार इटालीको सामना गर्नेछ ।  

प्लेयर टु वाच 



रहिम स्टर्लिङ (इङ्ग्ल्यान्ड)
रहिम स्टर्लिङले इङ्ग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनको गतिलाई रोक्न कुनै पनि टिमलाई गाह्रो पर्छ । 

टोलीका लागि ३ गोल गर्नुका साथै १ गोलका लागि अवसर सिर्जना गरेका स्टर्लिङ डेनमार्क विरुद्ध पनि घातक बन्न सक्छन् । 

जोकिम मेहेल (डेनमार्क)
डेनमार्कले जारी युरो कपमा उत्कृष्ट टिम वर्कको नमुना देखाइरहेको छ । उसलाई सेमिफाइनल पुर्याउन सबै खेलाडीले आ-आफ्नो स्थानबाट योगदान दिएका छन् ।
 
इङ्ग्ल्यान्डको फाइनल पुग्ने सपनामा बाधक बन्न सक्ने खेलाडी हुन् जोकिम मेहेल । उनले टोलीका लागि २ गोल गर्नुका साथै १ गोलका लागि अवसर सिर्जना गरेका छन् ।

  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार १४:१८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया