महिला एसिया कपका लागि प्रारम्भिक टोलीको घोषणा
फाइल तस्बिर

अखिल नेपाल फुटबल संघ एन्फा ले एएफसी महिला एसियन कप छनोट खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । 

टोलीलाई मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले प्रशिक्षण गराउने छन् । बन्द प्रशिक्षणका लागि फिलिप्सले ४५ जनालाई बन्द प्रशिक्षणमा सामेल गराउने भएका छन् । प्रशिक्षण साउन ३ गतेदेखि सुरु हुनेछ । 

गत फागुनमा भएको महिला लिगको प्रदर्शनलाई हेरेर खेलाडीको छनोट भएको एन्फाले जनाएको छ । 

प्रतियोगितामा स्टार स्ट्राइकर सावित्रा भण्डारी भने टोलीबाट बाहिर रहने छिन् । उनी घुँडाको चोटका कारण उपचारका लागि कतारमा रहेकी छिन् । 

प्रारम्भिक टोली छनोटमा परेका खेलाडीहरु :-
अञ्जना राना मगर, एञ्जिला तुम्बापो सुब्बा, उषा नाथ, सावित्री किसान, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, अनिता केसी, अञ्जली योञ्जन, पुनम जर्गा मगर, प्रती राई, गीता राना, नीशा थोकर, सृजना चेम्जोङ, हिरा भुजेल, सुस्मा तामाङ, रविना गोले, कविता धिमाल, सुनिता चौधरी, दीपा राई, विमला विक, सपना लामा, शर्मिला थापा, रश्मि घिसिङ, इन्दिरा राई, विमला चौधरी, अमृता जैशी, घिमकुमारी गुरुङ, सृजना खड्का, निर्मला विक, मनिशा राउत, पुुजा राना, निर्मला उपाध्याय,रेखा पौडेल, दीपा न्यौपाने, शिवानी कुँवर, सरस्वती हमाल, सृजना सिह, कुसुम खतिवडा, सविता राना, रजनी थोकर, सलोनी राना गमर, चुम्लुंम्मा राई





  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार १५:५३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया