बाबुराम भन्छन्, 'पूर्व जाने र पश्चिम जानेहरु एकै ठाउँमा बसेर कतै पुगिन्न'

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व जाने र पश्चिम जानेहरु एकै ठाउँमा बसेर कतै पनि नपुगिने बताएका छन् । 

पछिल्लो समय जसपा र सत्तारुढ दल नेकपा एमालेमा देखिएका आन्तरिक विभाजन र पार्टी एकताको विषयप्रति संकेत गर्दै डा. भट्टराईले गन्तव्य एकै नभएकाहरु छुट्टिँदा नै राम्रो हुने बताएका हुन् । 

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत पूर्व जाने र पश्चिम जानेहरु एकै ठाउँमा बसेर कतै पनि नपुगिने भन्दै आआफ्नो बाटो लाग्नुपर्ने बताएका हुन् । 

पार्टीको एकता र फुटको कुनै फर्मुला नहुने भन्दै डा. भट्टराईले सामान्य मान्छे एकताबाट खुशी र फुट्दा दुखी हुने गरेको बताए । उनले मुख्य कुरो कहाँ पुग्ने (लक्ष्य) र कुन बाटो जाने (कार्यदिशा) भन्ने भएको बताए । 

डा. भट्टराई भन्छन्, ‘पूर्व जाने र पश्चिम जानेहरु एकै ठाउँमा बसेर कतै पनि पुगिन्न । बरू पूर्व जाने एकातिर पश्चिम जाने अर्कोतिर हुँदा राम्रो !'



 



  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार १६:१४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया