जनवरीपछि बेलायतमा एकैदिन ३२ हजारभन्दा धेरै संक्रमित

बेलायतमा पछिल्लो २४ घन्टामा थप ३२ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको छ । बेलायतमा गत जनवरीपछि यति धेरै संख्यामा कोरोना संक्रमित पाइएका हुन् ।

पछिल्लो २४ घन्टामा थप ३३ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । 

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म बेलायतमा १ लाख २८ हजार ५६५ जना संक्रमितले ज्यान गुमाएका छन् भने ५० लाख ७ हजार ९६४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

बेलायतमा हालसम्म तीन करोड चालिस लाख जनसंख्याले कोरोना विरुद्धको फुल डोज भ्याक्सिन लगाइसकेका छन् । 





  • प्रकाशित मिति : असार २४, २०७८ बिहीबार १०:३०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया