अस्पतालबाट डिस्चार्ज भए नसीरुद्दिन शाह

बलिउडका कलाकार नसीरुद्दिन शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । शाह बुधबार बिहान अस्पतालबाट डिस्चार्ज भएका हुन् । 

शाहका छोरा भिभानले सामाजिक सञ्जालमा फोटो हाल्दै बुवा घर फर्किएको जानकारी दिएका हुन् ।

७० वर्षीय शाह गत मंगलबार निमोनिया देखिएपछि मुम्बईको पिडी हिन्दुजा हस्पिटल एन्ड मेडिकल रिसर्च सेन्टरमा भर्ना भएका थिए । 

तीन पटक राष्ट्रिय पुरस्कार जितेका शाहले पछिल्लो पटक विवेक अग्नीहोत्रीको ‘द ताश्कन्द फाईलस्’, सीमा पाहवाको ‘रामप्रसाद कि तेहरवी’, र जी ५ को ‘मी रक्सम’ मा अभिनय गरेका थिए ।

भारतीय चलचित्रमा गरेको योगदानका लागि भारत सरकारले उनलाई पद्मश्री र पद्मभूषणबाट पनि सम्मान गरिसकेको छ ।

सन् १९७५ मा रिलिज भएको फिल्म ‘निशान्त’ बाट उनले बलिउडमा प्रवेश गरेका थिए ।  हालसम्म उनले सयभन्दा धेरै फिल्ममा अभिनय गरिसकेका छन् ।



 
 



  • प्रकाशित मिति : असार २४, २०७८ बिहीबार ११:२२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया