काठमाडौँ – नेपालको चर्चित सांगीतिक समूह नेपथ्यले सम्पदा संरक्षण सहयोगार्थ च्यारेटी सो गर्ने भएको छ । नेपथ्यले आफ्नो ब्यान्ड स्थापना भएको २५ वर्ष पुगेको अवसरमा च्यारेटी सो गर्ने भएको हो ।
‘स्वयम्भू क्लब’को आयोजनामा हुन लागेको कन्सर्ट असोज १३ गते शनिबार स्वयम्भूको भुँइखेलमा हुने जनाइएको छ । कन्सर्टमा अमृत गुरुङ मुख्य गायन, ध्रुव लामा ड्रम, सुरज थापा किबोर्ड, त्यसैगरी सुबिन शाक्य बेस गितार, नीरज गुरुङ गितार र शान्ति रायमाझी मादलमा हुनेछन् ।
नेपथ्यले यसअघि पनि विभिन्न च्यारिटी सो गर्दै आएको छ । यसबाट उठेको रकम विभिन्न सम्पदाको संरक्षणका निमित्त खर्च हुने आयोजक टिमका सदस्यले फरकधारलाई जानकारी दिए ।
नेपथ्यको स्थापना सन् १९९० मा अमृत गुरुङ, भीम पुन र दीपक राना तीनजनाको सक्रियतामा भएको थियो । नेपाली सांगीतिक क्षेत्रमा दमदार प्रस्तुुति पस्केर प्रख्याति कमाएको नेपथ्य बेलायतको वयम्ब्ली एरिनामा प्रस्तुति दिने नेपालको अहिलेसम्मकै पहिलो ब्यान्ड हो ।
नेपथ्यले सन् २०१५ मा वएम्ब्ली एरिनामा प्रस्तुति दिएको थियो । विविध उतार–चढावका बाबजुद नेपथ्यले स्थापना कालदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।