राजदूत शाक्यको पहलमा इजरायलबाट आयो २० करोडको स्वास्थ्य सामग्री

इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यको विशेष पहलमा पठाइएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री आइपुगेको छ।

स्वास्थ्य सामाग्री तथा उपकरण लिन इजरायल गएको नेपाल वायुसेवाको २३५३ ‘चार्टड जहाज’ती सामग्रीसहित बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालका पदाधिकारीहरु तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोली पुगेका थिए। ती सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।

‘ती स्वास्थ्य सामग्री इजरायल सरकार, इजरायलस्थित स्वास्थ्य संस्था, व्यवसायिक क्षेत्र, इजरायली नागरिक, नेपाली दूतावास परिवार र इजरायलस्थित नेपालीबाट सहयोगस्वरुप प्राप्त भएका हुन्,’ राजदूत डाक्टर शाक्यले भनिन्, ‘करिब २० करोड रुपैयाँ पर्ने स्वास्थ्य सामग्री १८ टन छ।’ 

राजदूत शाक्यका अनुसार सामग्रीमा ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आइसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायत छन्।

यसअघि पनि राजदूत शाक्यले नेपालका लागि इजरायलका तर्फबाट कोभिडसँग सम्बन्धित विभिन्न सहयोग जुटाउन भूमिका खेलिरहेकी थिइन्। ‘इजरायलमा भर्खरै मात्र सरकार परिवर्तन भई नयाँ सरकार बनेको अवस्था छ,’ शाक्यले भनिन्, ‘इजरायलमा युद्ध चलेर अस्थायी युद्धविराम भए पनि छिटपुट  घटना भइरहेका छन्। यस्तो प्रतिकुल अवस्थामा पनि नेपालका लागि सहयोग जुटाउन पाउँदा खुशी लागेको छ।’





  • प्रकाशित मिति : असार २४, २०७८ बिहीबार १४:३०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया