नेकपा एमालेमा देखिएको विवाद मिलाउन भइरहेको छलफलमा केही प्रगति हुन नसकेको टिप्पणी नेता घनश्याम भुसालले गरेका छन्। सिंहदरबारमा बसेको कार्यदल बैठकपछि बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।
'छलफल त भइ नै रहेका छन्। तर १० दिनदेखि कुनै प्रगति भएको छैन', उनले भने, 'अहिलेसम्म निष्कर्ष निस्किने वातावरण पनि बनिसकेको छैन।'
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय अन्य नेताहरुले सहमति भइ नै सकेको बताइरहेका बेला भुसालले फरक तर्क गरेका हुन्।
आज सहमतिको खोजीका लागि सिंहदरबारमा बसेको कार्यदल बैठक छलफल नै नगरी उठेको छ। ओली पक्षका कार्यदल सदस्य विष्णु पौडेल मन्त्रिपरिषद् बैठकमा व्यस्त भएपछि छलफल नगरी नेताहरु उठेका हुन्।
भिडियो
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।