पत्रकारलाई अहिले नै सबै भन्न मिल्दैन, भोलि एकताको निष्कर्ष सुनाउँछौँ : सुवास नेम्वाङ

नेकपा एमालेका नेता सुवास नेम्वाङले पार्टीमा देखिएको विवाद मिलाउने कुरामा केही दिनमै निष्कर्षमा पुग्ने बताएका छन्। सिंहदरबारमा बिहीबार साँझ बसेको कार्यदल बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले पार्टी एकता बचाउन १० दिनयता भएका छलफलले ठूलो प्रगति गरेको बताए।

'तीन वर्षदेखिको समस्यालाई साँघुरो बनाएर यहाँसम्म ल्याउनु पनि ठूलो उपलब्धी हो। विगत १० दिनमा हामीले ३ वर्षका समस्यालाई समाधानको बिन्दुमा ल्याएका छौँ', उनले भने, 'तर अहिले नै निष्कर्ष सुनाउने बेला भइसकेको छैन।'

पत्रकारहरुले नेम्वाङसँग सहमति र असहमतिका बुँदाबारे पनि सोधेका थिए। उनले जवाफमा भने, 'कुरो पूरै नमिली यो वा त्यो मिल्यो मिलेन अहिले नै तपाईंहरुलाई भन्ने कुरा छैन', उनले भने, 'निष्कर्षमा नपुगी हामी कुनै कुरा भन्दैनौँ। भोलिसम्ममा हामी निष्कर्षमा पुगेपछि तपाईंहरुलाई सबै कुरा सुनाउँछौँ।'

नेम्वाङले एमाले मिल्ने दिशामै अघि बढेको बताउँदै भोलि साढे ११ बजे बसेर त्यसलाई निष्कर्षमा पुर्‍याउने पनि दाबी गरे। 'भोलिसम्ममा हामी निष्कर्षमा पुग्छौँ भन्ने छ', उनले भने, 'कुरो टुंगोमा नपुगी बोल्नु उचित हुँदैन। तपाईंहरुलाई सबै कुरा सुनाउँदा फेरि समस्या हुन सक्छ। त्यसैले तपाईंहरु पनि प्रतीक्षा गर्नुहोला।'

घनश्यामको फरक टिप्पणी

नेकपा एमालेमा देखिएको विवाद मिलाउन भइरहेको छलफलमा केही प्रगति हुन नसकेको टिप्पणी अर्का नेता घनश्याम भुसालले गरेका छन्। सिंहदरबारमा बसेको कार्यदल बैठकपछि बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्। 



'छलफल त भइ नै रहेका छन्। तर १० दिनदेखि कुनै प्रगति भएको छैन', उनले भने, 'अहिलेसम्म निष्कर्ष निस्किने वातावरण पनि बनिसकेको छैन।'

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय अन्य नेताहरुले सहमति भइ नै सकेको बताइरहेका बेला भुसालले फरक तर्क गरेका हुन्। 



आज सहमतिको खोजीका लागि सिंहदरबारमा बसेको कार्यदल बैठक छलफल नै नगरी उठेको छ। ओली पक्षका कार्यदल सदस्य विष्णु पौडेल मन्त्रिपरिषद् बैठकमा व्यस्त भएपछि छलफल नगरी नेताहरु उठेका हुन्। 

भिडियो

  • प्रकाशित मिति : असार २४, २०७८ बिहीबार २०:४३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया