\


नायिका जेनी कुँवर अपार्टमेन्टमा मृत भेटिइन्, प्रहरीले भन्यो : आत्महत्या
फरकधार / २४ असार, २०७८
यो सामग्री सेयर गर्नुहोस्

नायिका जेनी कुँवर राजधानीको थापा गाउँस्थित एक अपार्टमेन्टमा मृत भेटिएकी छन्। थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा उनले बिहीबार राति ९ बजे आत्महत्या गरेको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ।

परिसरका प्रवक्ता डिएसपी रमेश थापाका अनुसार ५० वर्षीया कुँवरले उक्त अपार्टमेन्टको फ्ल्याटमा आत्महत्या गरेकी हुन्। थापाका अनुसार सुरुवाती अनुसन्धानमा कुँवरले आत्महत्या गरेको पुष्टि भएको छ। अहिले प्रहरीले अपार्टमेन्टमा पसेर घटनास्थलको मुचुल्का उठाइरहेको छ।

प्रहरीका अनुसार जेनीको शवसँगै 'सुसाइट नोट' पनि भेटिएको छ। उक्त नोटमा उनले आफू ‘डिप्रेसनमा परेको’ उल्लेख गरेकी छन्। 

कुँवरले कयौँ नेपाली फिल्ममा अभिनय गरेकी थिइन्। उनले सबैभन्दा पहिले‘जिन्दगानी’ फिल्मबाट कलिउड यात्रा थालेकी थिइन्। त्यसपछि उनले मैदान, जीननदाता, कानुन, अभिमन्यु, बिन्तिपत्र, मलाई माफ गरिदेऊसहितका फिल्ममा आफ्नो कला पस्किएकी थिइन्। 



उनले ‘घायल’ र ‘हलचाल’ चलचित्र पनि बनाएकी थिइन्। ‘मैदान’, ‘बज्रपात’ लगायत टेलिफिल्ममा पनि उनको अभिनय देख्न सकिन्छ।

नायिका कुँवरले ‘छाईदेऊ श्री हजुर मनमा…’ गीतमा स्वर दिएर म्युजिक भिडियो पनि निकालेकी थिइन्। पछिल्लो समय अध्यात्म लागेकी उनी पशुपति क्षेत्रमा भेटिन्थिन्। कुँवरले पछिल्लो पटक 'हलचल' चलचित्रमा अभिनय गरेकी थिइन्। 



  • प्रकाशित मिति : असार २४, २०७८ बिहीबार २१:५८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया