मोरङमा सवारी साधनको ठक्करबाट एकको मृत्यु

मोरङमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बुढीगंगा गाउँपालिका-३ मा पहिचान नखुलेको सवारी साधनले ठक्कर दिँदा बिहीबार राति बुढीगंगा-३ का २० वर्षीय रामकुमार राजवंशीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राति १० बजेतिर राजवंशी गम्भीर घाइते भएको अवस्थामा सडकमा लडिरहेका थिए । उनलाई उपचारका लागि कोसी अस्पताल पठाइएको थियो । उपचारकै क्रममा १०ः५५ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धानबाट राजवंशीलाई सवारी साधनले नै ठक्कर दिएको निष्कर्ष निकालेको छ । यद्यपि सवारी साधनको पहिचान खुल्न नसक्दा समस्या भइरहेको प्रहरीले बताएको छ ।





  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार ८:७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया