चीनबाट आठ लाख डोज खोप नेपाल भित्रियो

नेपालले चीनसँग किनेको कोरोना भाइरसविरुद्धको ८ लाख डोज भेरोसेल खोप नेपाल भित्रिएको छ । नेपाल वायुसेना निगमको वाइडबडी ए ३३० ले आज बिहान खोप ल्याएको हो । 

अब वाइडबडीले साउन १ गते र साउन ८ गते गरी ३२ लाख डाेज खोप नेपाल भित्राउने छ ।

स्वास्थ्य सेवा विभागका खोप शाखाका प्रमुख डा. झलक गौतमले अबको एक सातामै खोप लगाउन थालिने बताएका छन् ।

नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आइसकेको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनाले पूरा डाेज लगाएका छन् भने २६ लाख ११ हजार ८०७  जनाले पहिलाे डाेजमात्र लगाएका छन् ।





  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार ८:३३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया