भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको मध्यपुरथिमी नगरपालिका-४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि बा ९३ प ९६५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा संखुवासभा चैनपुर घर भइ हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराईको मृत्यु भएको हो ।
बिहीबार साँझ उनी काठमाडौँबाट भक्तपुरतर्फ जाँदै थिए । सोही बखत मोटरसाइकल अनियन्त्रित भइ सडकको बायाँपट्टिको रेलिङमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टराईको मध्यपुर अस्पताल थिमीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।