‘द भ्वाइस अफ नेपाल’को सेटमा फर्किए दीप श्रेष्ठ

गायक दीप श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल’को सेटमा फर्किएका छन् । साेको कोचका रूपमा रहेका श्रेष्ठ कोरोना संक्रमणपछि आराम गरिरहेका थिए । दुई साताभन्दा धेरै अस्पतालमा उपचार गराएका श्रेष्ठले केही समय घरमै आराम गरे ।

केही समय रोकिएको ‘द भ्वाइस अफ नेपाल’को प्रसारण सुरु हुँदा श्रेष्ठ घरमै थिए । उनको ठाउँमा कोचका रूपमा गायक राजेश पायल राईले कुर्सी सम्हाले । अब भने श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल’को सेटमा फर्किएका छन् ।

श्रेष्ठ सेटमा फर्किएपछि शोका निर्देशक लक्ष्मण पौडेलले भने, ‘दीप सर द भ्वाइसको सेटमा फर्किसक्नु भएको छ । अब हरेक शुक्रबार र शनिबार नै दर्शकले उहाँलाई शोमा कोचको भूमिका निर्वाह गरेको देख्न पाउनेछन् ।’

‘द भ्वाइस अफ नेपाल’मा अहिले उत्कृष्ट १२ प्रतिस्पर्धीले प्रतिस्पर्धा गरिरहेका छन् । 





  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार ९:३६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया