डबिङको अन्तिम चरणमा ‘चिसो मान्छे’

नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’को पोस्ट प्रोडक्सनको काम हुँदाहुँदै जारी निषेधाज्ञाका कारण बीचमै काम रोकियो । चलचित्र अलपत्र भएर बसेको थियो । निषेधाज्ञा खुकुलो भएसँगै हाल चिसो मान्छेको डबिङ कार्य सुरु भएको छ ।

चलचित्रकी शीर्ष कलाकार अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रको डबिङ सकिसकेकी छिन् । अहिले चलचित्रका अर्का कलाकार अर्पण थापाले आफ्नो पार्ट डबिङ गरिरहेका छन् । चलचित्रको ९० प्रतिशत काम सकिएको चलचित्र निर्मात्री शर्मिला पाण्डेले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छिन् ।

चलचित्रमा रोजगारीका लागि खाडी पुगेको परिवारको सदस्य गुमाउँदाको पीडा र छटपटीलाई विषयवस्तु बनाइएको छ । चलचित्रका निर्देशक दीपेन्द्र के खनाल हुन् । चलचित्रको पटकथा पनि उनैले लेखेका हुन् ।

काठमाडौं, बझाङ लगायत देशका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा स्वस्तिमा र अर्पणको साथमा देशभक्त खनालले पनि शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।

चलचित्रको डबिङको काम सकिएपछि पुनः एकपटक सम्पादनको काम सुरु हुनेछ । सम्पादनपछि साउन्डको काम सुरु गर्ने निर्देशक खनाल बताउँछन् ।





  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार ९:५९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया