लुम्बिनीको राजधानी देउखुरी सार्ने तयारी
फरकधार / २५ असार, २०७८
फाइल फोटो

लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी क्षेत्रमा तोकिएको करिब १ वर्ष पुग्न लागेको छ ।

देउखुरीमा राजधानी तोकिए पनि अहिलेसम्म राजधानी बुटवलमै छ । प्रदेश सरकारले राजधानी देउखुरीमा सार्ने तयारी गरिरहेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय स्थायी राजधानीमा सारिने भएको हो । ग्रामीण तथा शहरी विकास मन्त्रालयले स्थायी राजधानी देउखुरी उपत्यकाबाट औपचारिक रूपमा कामकाज सुरु गरेको छ। 

ग्रामीण तथा शहरी विकास मन्त्रालयले काम सुरु गरेको अवसरमा  मन्त्री हरिप्रसाद रिजालले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेका थिए । 

मन्त्री रिजालले प्रदेशको हिउँदे अधिवेशनसम्म प्रदेशका सबै मन्त्रालय दाङको देउखुरीमा स्थापना हुने जानकारी दिए। 

आगामी आर्थिक वर्षभित्र सबै मन्त्रालय देउखुरीमा ल्याइने दावी उनले गरे।
 

  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार ११:२९:५३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया