कार्यदल बैठकका लागि सिंहदरबारमा जुट्दै एमाले नेताहरु

सत्तारुढ दल नेकपा एमालेको आन्तरिक विवाद मिलाएर पार्टीलाई एकढिक्का कायम राख्नका लागि गठन भएको एकता कार्यदलको बैठक आजपनि बस्दैछ । 

बैठकका लागि नेताहरु सिंहदरबारमा उपस्थित हुन सुरु भएको छ । बैठकका लागि सबैभन्दा पहिले प्रधानमन्त्री ओली पक्षका नेता तथा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल सिंहदरबार पुगेका छन् । 

पोखरेलसँगै प्रदीप ज्ञवाली, विष्णु रिमाल पनि सिंहदरबार पुगेका छन् । बैठकका लागि अन्य नेताहरु पनि सिंहदरबार पुग्ने क्रममा रहेका छन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमतिको वातावरण बनाएर पार्टी एकतालाई कायम राख्नका लागि गठन भएको कार्यदलको बैठक पछिल्लो केहीदिन यता लगातार बसिरहेको छ । 

दुई पक्षबीच ठोस सहमतिको खाका तयार भइसकेको दाबी गरिएपनि कार्यदलमार्फत निणय हुन सकिरहेको छैन । सोही सहमतिको खाकालाई अन्तिम रुप दिनका लागि आज सिंहदरबारमा बैठक बस्न लागेको हो । 



कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा र नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा ५५ जना नेताहरु सहभागि छन् । 



  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार १२:१६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया