बाख्रोभन्दा होचो गाई !

बंगलादेशमा पछिल्लो केही दिनयता एक गाईको धेरै चर्चा भइरहेको छ। यसले विश्वकै सबैभन्दा होचो गाईका रुपमा चर्चा बटुलेको हो। यो गाई अहिले २३ महिनाको भएको छ।

तर यसको उचाई केबल ५१ सेन्टिमिटर (२० इन्च) छ। यसको तौल २८ किलोग्राम छ। यो गाईको नाम रानी राखिएको छ। बंगलादेशमा लकडाउनका बावजुद करिब १५ हजार भन्दा धेरै मानिस यो गाईलाई हेर्न पुगिसकेका छन्। 

गाईका मालिकको नाम हसन हलादर हो। उनका फर्म हाउस बंगलादेशको राजधानी ढाका नजिकै चारीग्राममा छ। हलादरले यो गाईलाई विश्वकै होचो गाईका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गर्नका लागि निवेदन पनि दिइसकेका छन्।

रानी गाई भुट्‌टी अर्थात भुटानी जातको हो। यसको उचाई करिब आधा मिटर छ। यो सामान्य बाख्राको भन्दा पनि कम हो। आम रुपमा गाईको उचाई एकदेखि डेढ मिटरसम्म हुन्छ।

भारतीय गाईको नाममा विश्व रेकर्ड

अहिले विश्वकै सबैभन्दा होचो गाईका रुपमा भारतीय माणिक्यमको नाम दर्ता भएको छ। यो गाई केरलमा छ। गिनिज वर्ल्ड रेकर्डका अनुसार सन् २०१४ मा माणिक्यम गाईको उचाई २४ इन्च मापन गरिएको थियो। हलादरले रानीलाई विश्वकै होचो गाईका रुपमा दर्ताका लागि तीन महिनाको समय लिइएको छ।



रानी गाईलाई हेर्न मानिसहरुको बाक्लो भिड लागेको छ। हलादरले सञ्चारकर्मी र हेर्न आउनेहरुलाई रानीको लम्बाई पनि नापेर देखाइरहेका छन्। कयौँ पटक तौल पनि नापिएको छ। मानिसहरु रानीसँग फोटो खिचाइरहेका छन्। एक युवती रानी बेगमले आफ्नो जीवनमा आजसम्म यस्तो गाई नदेखेको बताइन्। 

गाईका मालिक हलादरका अनुसार रानी मुस्किलले हिँडडुल गर्छे। रानी अन्य गाईसँग धेरै डराउँछे। त्यहीकारण उसलाई अन्य भन्दा अलग्गै राखिएको छ। रानीले दुई पटक मात्रै थोरै थोरै घाँससहितको आहारा खान्छे। रानी घुम्न मन पराउँछे। मानिसले अँगालोमा लिएमा खुसी हुन्छे।



  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार १६:५२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया