विप्लव नेतृत्वको नेकपा नेता हेमन्तप्रकाशलाई हृदयाघात

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश वली 'सुदर्शन' लाई जेलमै हृदयाघात भएको छ। सरकारले रिहा गर्ने सहमति गरेको तीन महिना बितिसक्दा पनि जेलमै रहेका उनलाई शुक्रबार हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको छ।

उनीनिकट एकजना पत्रकार जन्मदेव जैसीका अनुसार साइलेन्स 'हार्ट अट्याक' भएपछि तत्कालै बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना गरिएको छ।

उनले सुगर, प्रोस्टेट, कोलस्टोरेल, मुटुरोगसहितका समस्या भोगिरहेका छन्। वलीलाई गंगालाल हृदय रोग केन्द्रको इमर्जेन्सी वार्डमा राखेर उपचार थालिएको छ। 

सरकारले नेकपासँग सहमति गर्दा मुद्दा फिर्ता लिई बन्दी रिहा गर्ने जनाएको थियो। सरकारले ३ बुँदे सहमति गरेको ३ महिना बितिसक्दा पनि नेता वलीलगायत रिहा नभएको भन्दै अर्का नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आपत्ति जनाएका छन्। 

सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएपछि उनी २०७५ चैतमा पक्राउ परेका थिए ।
 

 





  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार १७:१५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया