सरकार विरुद्धको मोर्चाबन्दीले संसद चल्नेमा शंका

बागमती प्रदेश सभाको बैठक प्रतिपक्ष दलहरूको लगातारको अवरोधपछि अर्को सूचना नभएसम्मका लागि स्थगित भएको थियो । तर, प्रदेशसभाको बैठक पुनः आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले असार २६ गते भोलि  शनिबार दिउँसो ३ बजेका लागि बैठक बोलाएको छ ।

आगामी आर्थिक वर्ष ०७८/७९ बजेट पास गराउने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतभेद सिर्जना हुँदा प्रदेशसभाको बैठक अवरुद्ध भइरहेको छ । लगातार तीन दिनसम्म विभिन्न माग राख्दै प्रतिपक्षी दल माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रदेशसभा बैठकमा अवरोध सिर्जना गरिरहेका छन् ।   

प्रतिपक्ष दलको अवरोधका कारण प्रदेशसभाका बैठक असार २१ गते सोमबार सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका थिए । प्रतिपक्षी दलहरूको विरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन ।

विपद् व्यवस्थापन र कोभिड महामारीलाई बेवास्ता गर्दै सरकारले बजेट ल्याइएको, समपूरक बजेट र योजनाको बाँडफाँड न्यायोचित वितरण नभएको तथा प्रदेश सरकारले आफैं आमसञ्चार गृह सञ्चालन गर्ने विषय फिर्ता लिनुपर्ने भन्दै प्रतिपक्षी दलहरूले संसदमा अवरोध सिर्जना गर्दै मोर्चाबन्दी गरिरहेका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, प्रतिपक्षी दल नेपाली कांग्रेस, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपा बजेट फेल गराउन मोर्चाबन्दी गरिरहेका छन् ।
 





  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार २१:३९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया