आफ्नै भाइको प्रहारबाट अनुसन्धान विभागका हवल्दारको मृत्यु
दाजुको हत्यामा संलग्न साजन सिंह ।

आफ्नै दाजुको प्रहारबाट राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी मृत्यु भएको छ । राष्ट्रिय अनुसन्धान विभागका हवल्दार ४२ वर्षीय भोला सिंहको हत्या भएको हो । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–५ पृथ्वी चोकस्थित आफ्नै घरमा उनीमाथि उनका भाइले आक्रमण गरेका थिए ।

गएराति पारिवारिक विषयमा विवाद भएपछि उनका भाइ ३१ वर्षीय साजन सिंहले उनीमाथि घारिलो हतियार प्रहार गरेका थिए । गम्भीर घाइते भएका भोलालाई तत्काल विराटनगरको विराट नर्सिङ होम लगिएको थियो ।

अस्पताल पुर्याइएको केही छिनपछि उनलाई अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। भाइ साजनले भेलाको घाँटी, टाउको, हातमा धारिलो हतियार प्रहार गरेका थिए ।  

राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार भोला एक महिनाअघि तालिमका लागि हेटौँडा गएका थिए। आमा बिरामी भएका कारण उनी तालिम सकिएपछि केही दिनअघि विराटनगरस्थित घरमा पुगेका थिए । 

मरिदा सेवन गरेर आएका उनका भाइर उनी बीच झगडासँगै हानाहान भएको थियो । भाइ साजन पनि घाइते छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ । साजन लागुऔषधका दुर्व्यसनी र आपराधिक गतिविधिमा संलग्न व्यक्ति रहेको प्रहरीको भनाइ छ । 





  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार ९:२७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया