भारतमा फेरि भेटियो जिका भाइरस

छिमेकी राष्ट्र भारतमा जिका भाइरसको संक्रमण पुष्टि भएको छ । केरला राज्यमा जिका भाइरसको संक्रमण भेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

कोरोना महामारीबाट अत्यधिक प्रभावित भारतमा अब जिका भाइरसको पनि केसहरु देखिन सुरु भएको केरलाका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । 

केरलामा शुक्रबार जिका भाइरस संक्रमणको १४ वटा नयाँ केस भेटिएको छ । संक्रमणका घटना पहिचान भएपछि स्वास्थ्य अधिकारीहरुले राज्यका सम्पूर्ण जिल्लाहरूमा स्वास्थ्य सतर्कताको घोषणा गरेका छन् । 

शुक्रबार केरलामा जिका भाइरस संक्रमणका घटना देखिएका केरला राज्य सरकारकी स्वास्थ्यमन्त्री बीना जर्जले पुष्टि गरेकी भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएको छ । केरलाको त्रिभन्द्रम जिल्लामा संक्रमण पुष्टि भएको हो । 

यसअघि सन् २०१६–१७ मा भारतको पश्चिमी राज्य गुजरातमा जिका भाइरसको संक्रमणका घटनाहरु सार्वजनिक भएका थिए । लामखुट्टेका कारण सर्ने जिका भाइरसले बालबालिकाको मस्तिष्कको कोषहरु सुकाउँदै लैजाने गर्दछ । 

अधिकांश अवस्थामा लामखुट्टेका कारण यो भाइरस सर्ने भए पनि यौनसम्पर्क गर्दा पनि जिका भाइरस सर्ने गरेको अध्ययनहरुले देखाएका छन् । 





  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार ११:११:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया