बेदुको  ‘तिमी निष्ठुरी हौ’मा रोशनी कार्की

मोडेल सुधीर श्रेष्ठ र रोशनी कार्की अभिनित ‘तिमी निष्ठुरी हौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सेन्टिमेन्टल भर्सनको यस गीतमा प्रेम वियोगको वेदना प्रस्तुत गरिएको छ।  

गायक बेदु सारु मगरको स्वर रहेको यस गीतलाई गायक मगर र दिनेश सुवेदीले लेखेका हुन् । गीतमा गायक मगरको नै संगीत रहेको छ।  दीक्षित पौडेलले गीतलाई संगीत संयोजन गरेका हुन्।

गोदावरीमा छायांकन गरिएको भिडियोलाई  पवन सुस्लिङ्गले छायांकन र सम्पादन गरेका हुन्।  सीता पोख्रेल निर्मात्री रहेको यस भिडियोलाई स्वर्णिम थापाको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो।

गायक मगरको आधिकारिक च्यानल बेदु सारु मगरुमार्फत भिडियो सार्वजनिक गरिएको हो।  भोइस अफ टिनको उपाधि विजेता समेत रहेका गायक मगरले यसअघि डोली पियारी, तिमी नै त हौ लगायतका गीतहरू सार्वजनिक गरिसकेका छन्।  

 





  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार १२:४९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया