३३ प्रतिशत भएका ओलीले ६६ प्रतिशत माथी शासन गरे : खतिवडा

नेपाली कांग्रेसमा नेता रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले अल्पमतमा रहेर पनि छलकपट गरेर बहुमतमाथि शासन गरिरहेको बताएका छन् । खतिवडाले अ‍ोलीले अदालतलाई समेत ढाँटेको बताएका छन् । 

खतिवडाले सामाजिक सञ्जालमार्फत जबर्जस्ती ३३ प्रतिशत भएका ओलीले ६६ प्रतिशतभन्दा माथिलाई शासन गरेर पनि सर्वोच्च अदालतलाई आफू वैधानिक भएको भनेर ढाँट्न सफल भएको बताए । 

संसदीय व्यवस्थामा ५१ प्रतिशतले ४९ प्रतिशतलाई शासन गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले सबैलाई ढाँटेर शासन गरिरहेको खतिवडाको आरोप छ । उनले ओलीसँग जबर्जस्ती ३३ प्रतिशतमात्रै भएको बताए । 

खतिवडाले अब अदालतले ओलीलाई अवैधानिक भन्नुपर्ने बताए । उनले संसद विघटनको मुद्दाको फैसलामार्फत ओली हट्नुपर्ने भन्दै लेखेका छन्, ‘२८ गतेको फैसला संविधानको र संसदीय व्यवस्थाको पक्षमा हुनेछ ।

 





  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार १३:३५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया