उपत्यकामा थप ४१४ संक्रमित

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप ४१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

संक्रमितमध्ये काठमाडौंमा ३०३, भक्तपुरमा ५१ र ललितपुरमा ६० जना रहेका छन् । 

यसै गरी पछिल्लो २४ घन्टामा देशभर दुई हजार १६९ जनामा संक्रमण पुष्टि भएको छ भने २२ जनाले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार १७:१५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया