बार्टीलाई विम्बल्डन टेनिसको उपाधि

विश्व नम्बर १ अस्ट्रेलियन अस्लेइग बार्टीले विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि हात पारेकी छन् ।

बार्टीले लन्डनमा शनिबार राति सम्पन्न फाइनल खेलमा चेक गणतन्त्रकी कोरोलिना प्लिस्कोभाको चुनौतीलाई पार गर्दै पहिलोपटक विम्बल्डनको उपाधि उचालेकी हुन् । 

२५ वर्षीय बार्टीले उपाधि हात पार्ने क्रममा प्लिस्कोभालाई ६–३, ६–७ (४–७) र ६–३ को सेटमा पराजित गरिन् ।

सेमिफाइनलमा एन्जिलिक केर्बरलाई हराउँदै पहिलोपटक विम्बल्डनको फाइनलमा प्रवेश गरेकी बर्टीले पहिलो प्रयासमै उपाधि हात पार्न सफल भइन् ।

प्लिस्कोभाले साबलेन्कालाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेकी हुन् ।

बार्टीको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो । यसअघि उनले फ्रेन्च ओपन टेनिसको उपाधि हात पारेकी थिइन् । 



पुरुषतर्फको उपाधिका लागि आइतबार (आज) नोभाक जोकोभिच र माटियो बेरेटिनी प्रतिस्पर्धा गर्नेछन् ।



  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार ५:५९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया