युरो कप : उपाधिका लागि इङ्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्दै

युरो कपको १६ औँ संस्करणको उपाधिका लागि आइतबार(आज) घरेलु टोली इङ्ल्यान्डले इटालीको सामना गर्दैछ । खेल नेपाली समय अनुसार वेम्बली स्टेडियममा राति पौने १ बजे हुनेछ ।​

इङ्ल्यान्डले डेनमार्कलाई अतिरिक्ति समयमा २-१ ले तथा इटालीले स्पेनको चुनौतीलाई पेनाल्टी सुट आउटमा ४-२ ले पन्छाउँदै फाइनलमा स्थान बनाएका हुन् ।

पहिलोपटक युरो कपको फाइनल प्रवेश गरेको इङ्ल्यान्ड पहिलो प्रयासमै उपाधि हात पार्ने प्रयासमा हुनेछ । तर उसलाई लयमा देखिएको इटालीविरुद्ध जित निकाल्न भने त्यति सजिलाे छैन ।

सन् १९६६ को फिफा विश्वकप उपाधि उचालेयता पहिलोपटक मुख्य प्रतियोगिताको फाइनल खेल्न थालेको इङ्ल्यान्डलाई घरेलु दर्शकको साथ हुनेछ ।

पछिल्ला ३३ खेलमा अपराजित रहेको इटाली इङ्ल्यान्डविरुद्ध पनि सोही लयलाई कायम राख्दै दोस्रोपटक युरो कप उचाल्नै दाउमा हुनेछ । सन् १९६८ को युरो विजेता इटालीले पछिल्लोपटक सन् २०१२ मा युरो कप फाइनल खेलेको थियो ।
 
पछिल्लो समय लयमा भए पनि इटालीलाई घरेलु मैदानमा इङ्ल्यान्डलाई हराउन भने त्यति सहज छैन ।

प्रतियोगितामा अपराजित रहेका दुवै टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । 



हालसम्म यी दुईले २७ खेलमा एक अर्काको सामना गरेका छन् । इटाली ११, इङ्ल्यान्ड ८ खेलमा विजयी हुँदा ८ खेल बराबरीमा सकिएको छ । इङ्ल्यान्ड र इटालीले मुख्य प्रतियोगितामा भने हालसम्म जम्मा ४ खेलमा एक अर्काको सामना गरेका छन् । जसमा चारै खेल इटालीले आफ्नो पक्षमा पारेको छ । 

यी दुईले पहिलोपटक मुख्य प्रतियोगितामा सन् १९८० को युरो कपमा एक अर्काको सामना गरेका थिए । यो खेलमा इटाली १-० ले विजयी भएको थियो ।
फिफा विश्वकप अन्तर्गत सन् २०१४ मा भएको पछिल्लो भेटमा इटाली २-१ ले विजयी भएको थियो ।  
 



  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार ७:७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया