अर्जेन्टिनालाई २८ वर्षपछि  कोपा अमेरिकाको उपाधि

४७ औँ संस्करणको कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले हात पारेको छ ।

माराकाना स्टेडियममा आइतबार बिहान सम्पन्न फाइनलमा घरेलु टोली ब्राजिलमाथि १-०को कठिन जित निकाल्दै अर्जेन्टिनाले उपाधि जितेको हो  । 
खेलको २२औँ मिनेटमा एन्जल डि मारियाले गरेको एक मात्र गोल अर्जेन्टिनालाई उपाधि दिलाउन पर्याप्त बन्यो ।

रोड्रिगो डि पलले लामो दूरीबाट उपलब्ध गराएको बललाई डि मारियाले डिबक्सभित्र नियन्त्रणमा लिँदै उत्कृष्ट ढङ्गले पोस्टको दिशा दिएका थिए ।

सन् १९९३ को कोपा अमेरिकाको उपाधि हात पारेयता अर्जेन्टिनाले जितेको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । 

त्यसयता उसले ४ कोपा अमेरिका र १ फिफा विश्वकप फाइनल खेले पनि उपाधि हात पार्न भने सकेको थिएन ।

ऊ सन् २००४ र २००७ को कोपा अमेरिकाको फाइनलमा ब्राजिल, २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा चिली र सन् २०१४ को फिफा विश्वकपमा जर्मनीसँग पराजित भएको थियो । 



अर्जेटिनाका कप्तान लियोनल मेस्सीका लागि यो सिनियर टोलीबाट पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।

उपाधि जितसँगै अर्जेन्टिनाले सर्वाधिक कोपा अमेरिका जित्ने उरुग्वेसँगको कीर्तिमान पनि बराबरी गरेको छ । दुवै टोलीले समान १५-१५ कोपा अमेरिका उपाधि हात पारेका छन् । 
 
 



  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार ७:४७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया