\
अर्जेन्टिनाका लागि कोपा अमेरिकाको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान लियोनल मेस्सी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भएका छन् ।
आइतबार बिहान माराकाना स्टेडियममा घरेलु टोली ब्राजिललाई १-० को कठिन जित निकाल्दै सन् १९९३ पछि पहिलो उपाधि हात पारेको हो ।
खेलको २२ औँ मिनेटमा एन्जल डि मारियाले गरेको एक मात्र गोल अर्जेन्टिनालाई उपाधि दिलाउन पर्याप्त बन्यो ।
मेस्सीले यो प्रतियोगितामा ४ गोल गर्नुका साथै ५ गोलका लागि अवसर सिर्जना गरेका थिए ।
मेस्सीले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको अवार्ड पनि हात पारे ।
अर्जेन्टिनाका इमिलिआनो मार्टिनेज उत्कृष्ट गोलरक्षक घोषित हुँदा ब्राजिलले फेयर प्ले अवार्ड हात पारेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।