अर्जेन्टिनाले २८ वर्षपछि काेपा अमेरिकाकाे ट्रफी उचालेकाे छ ।
माराकाना स्टेडियममा आइतबार बिहान सम्पन्न फाइनलमा घरेलु टोली ब्राजिलमाथि १-० को कठिन जित निकाल्दै अर्जेन्टिनाले ट्रफी उचालेकाे हाे ।
खेलको २२औँ मिनेटमा एन्जल डि मारियाले गरेको एक मात्र गोल अर्जेन्टिनालाई उपाधि दिलाउन पर्याप्त बन्यो ।
अर्जेन्टिनाले अन्तिम पटक सन् १९९३ को कोपा अमेरिकाको उपाधि हात थियाे । त्यसपछि भने उसले कुनै पनि अन्तर्राष्ट्रिय उपाधि हात पार्न सकेकाे थिएन ।
तस्वीरहरु :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।