रामकुमारी झाँक्रीको प्रतिक्रिया-नेपाल पक्षले ढिकीको मुसलमुनि टाउको राख्न लागेको हो ?

एमाले भित्रको विग्रह मिलाउन भन्दै करिब ९ घण्टादेखि सिंहदरबारमा कार्यदलको बैठक बसिरहेको छ । कार्यदलको बैठक नसकिएका कारण ओलीले बालुवाटारमा बोलाएको स्थायी समिति बैठक समेत बस्न सकेको छैन । 

आइतबार बिहान कुनै निष्कर्ष आउने दावी कार्यदलमा रहेका ओली पक्षका नेताहरुले शनिबार गरेका थिए । 

एमालेको नेपाल पक्षकी हार्ड लाइनर भनेर चिनिएकी नेतृ रामकुमारी झाँक्रीले भर्खरै दिएको एक प्रतिक्रिया हेर्दा सहमति हुन लागेको होकी भन्ने  आशंका देखिन्छ । उनले सामाजिक सञ्जालमा छोटो र घुमाउरो प्रतिक्रिया दिएकी छिन् । 

‘धार लगाएको मुसलको मुनि ओखलमा टाउको हाल्ने नै हो त कमरेड ?’ झाँक्रीले प्रश्न गरेकी छिन् । 

ओलीलाई सत्तामा राखेर र उनका शर्त मानेर सहमति गर्न नहुने अडान झाँक्रीले राख्दै आएकी छिन् । 

ओलीलाई गल्ती स्वीकार गराएर सम्मानजनक अवस्था भएमा मात्रै मिल्नुपर्ने झाँक्रीले बताउँदै आएकी छिन् । 



एमाले केन्द्रीय सदस्य समेत रहेकी झाँक्रीले दिएको छोटो प्रतिक्रियाले ओलीका शर्तहरु  मानेरै नेपाल पक्षले सहमति गर्न लागेको हो की भन्ने अनुमान लगाउन सकिन्छ ।



  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार १८:१५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया