गण्डकी प्रदेश : बजेटमा एमालेको असन्तुष्टि, प्रदेशसभा बैठक अवरुद्ध
फाइल तस्बिर

गण्डकी प्रदेशसभाको बैठक आज पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रदेश सरकारले ल्याएको बजेटको विरोध गर्दै बैठक अवरुद्ध गरेको हो । 

प्रदेश सरकारले बजेटमा कार्यकर्ता पोस्नका लागि करोडौँ रुपैयाँ रकमान्तरको योजना ल्याएको भन्दै एमालेले त्यसको विरोध गरेको छ । प्रदेशसभाको हिजो आइतबारको बैठक पनि एमालेको विरोधका कारण अवरुद्ध बनेको थियो । 

एमालेले रकमान्तर भएको बजेटबारे विरोध जारी राखेपछि आजको बैठक सभामुख नेत्रनाथ अधिकारीले स्थगित गरेका हुन् । १२ बजेपछि बस्ने भनिएको बैठक सुरु हुन सकेको छैन । 

सरकारले गैरकानुनी रुपमा आफ्ना कार्यकर्ताका लागि रकमान्तर गरेको करोडौँ बजेटको विषयमा यथार्थ जानकारी सदनलाई नगराएसम्म बैठक भल्न नदिने एमालेले बताएको छ । 

प्रदेश सरकारले कार्यकर्ता रिझाउन बहुवर्षीय ठेक्का लगाएका योजनालाई रकमान्तर गर्दै बजेट बाँडेको एमालेको आरोप छ । उक्त विषयमा सरकारले चित्तबुझ्दो जवाफ नदिएसम्म बैठक चल्न नदिने उसको अडान छ ।





  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार १३:६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया