नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधिसभा पुनःस्थापना गर्नेगरी आएको सर्वोच्च अदालतको फैसला संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलाले अहिले कायम रहेको संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुर्याएको धारणा राखेका हुन् ।
अहिले अदालतले दिएको फैसलाले राजनीतिक अस्थिरताको दुश्चक्रले सुरु हुने पोखरेलले बताए । उनले अहिलेको अवस्थामा अब राजनीतिक अस्थिरता सुरु हुने बताए ।
मुख्यमन्त्री पोखरेलले सर्वोच्चको फैसलाले सुदूर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र बेहोर्नुपर्ने बताए । उनले अब देशमा राजनीतिक अस्थिरता कायम हुने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।