सर्वोच्चको फैसलाविरुद्ध माइतीघर मण्डलामा उपस्थित हुन महेश बस्नेतको आह्वान

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सर्वोच्च अदालतको फैसलाविरुद्ध माइतीघर मण्डलामा उपस्थित हुनका लागि युवाहरुलाई आह्वान गरेका छन् । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने र कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि आदेश दिएसँगै नेता बस्नेतले प्रदर्शनका लागि माइतीघर मण्डलामा उपस्थितिका लागि आह्वान गरेका हुन् । 

बस्नेतले फेसबुकमा लेखेका छन्, 
'तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाविरुद्ध बिरोध जनाउ । आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन । निर्दलीय शासन व्यवस्थाको पुनः बिजारोपण भएको दिन । व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङवाला केही न्यायमूर्तिका नामधारीहरुले हातमा लिएको क्षण । अब देश राजनैतिक द्वन्द्वमा प्रवेश गरेको छ । यो परमादेश कार्यान्वयन गर्ने असम्भव छ । युवा संघले यसको विरुद्ध तुरुन्तै माइतीघर मण्डलामा बिरोध प्रदर्शन गर्दैछ । जो जहाँ छौँ सहभागी बनौँ । देशभर बिरोध प्रदर्शन गरौँ ।'





  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार १४:१३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया