जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाका विषयमा रोइलो गर्न आवश्यक नरहेको बताएका छन्।
सामाजिक सञ्जालमा मार्फत प्रतिक्रिया दिँदै भट्टराइले अहिलेको हाम्रो शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली नभएको स्मरण गराएका छन्।
धारा७६(५)हाम्रो विशेष प्रावधान भएको बाबुरामको दावी छ। ‘उत्तमले आफैँ कुरा बुझ्छ, मध्यमले अरूले भनेपछि बुझ्छ, अधमले आफू पनि बुझ्दैन,भनेको पनि मान्दैन, सर्वोच्चको आदेश पछि कुरा बुझौँ’ बाबुराम भनेका छन्।
भनिन्छ-उत्तमले आफै कुरा बुझ्छ;मध्यमले अरूले भनेपछि बुझ्छ;अधमले आफु पनि बुझ्दैन,भनेको पनि मान्दैन!सर्वोच्चको आदेश पछि कुरा बुझौं/मानौं: हाम्रो शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली हैन;त्योभन्दा विकसित र परिमार्जित प्रणाली हो।दोश्रो,धारा७६(५)हाम्रो विशेष प्रावधान हो!रोइलो नगरौं!
— Baburam Bhattarai (@brb1954) July 13, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।