रंगभेदी दुर्व्यवहार गर्ने इंग्ल्यान्डको समर्थक हुनै सक्दैनन् : ह्यारी केन

इंग्ल्यान्डका कप्तान ह्यारी केनले सामाजिक सञ्जाल मार्फत आफ्ना  खेलाडीमाथि भएको रंगभेदी दुर्व्यवहार निन्दा गर्दै त्यस्ता व्यक्ति  इंग्ल्यान्डको समर्थक हुनै नसक्ने बताएका छन् । 

इटालीविरुद्ध आइतबार राति भएको युरो कप फाइनलमा पेनाल्टी चुकाएका मार्कस रासफोर्ट, जाडोन साञ्चो र बुकायो साकालाई लक्षित गर्दै समाजिक सञ्जालमा रंगभेद टिप्पणीहरू आएका थिए । 

तीनै खेलाडीले गोल गर्न नसक्दा घरेलु मैदान वेम्बली स्टेडियममा खेल ३–२ ले गुमाउँदै इंग्ल्यान्डले उप विजेतामा चित्त बुझाएको थियो । 

केनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘तीनै खेलाडी उत्कृष्ट थिए र उनीहरू समर्थनका लागि योग्य छन् । यदि सामाजिक सञ्जाल मार्फत कसैलाई कुनै पनि दुर्व्यवहार गर्नु हुन्छ भने तपाईँ इंग्ल्याडको समर्थक हुनै सक्नुहुन्न र हामीलाई त्यस्ता व्यक्तिको आवश्यक छैन ।’   

यी खेलाडीलाई भएको रंगभेदी दुर्व्यवहार गर्नेविरुद्ध लन्डन प्रहरीले अनुसन्धान गरिरहेको छ । यस घटनाको इंग्ल्यान्ड फुटबल संघले पनि निन्दा गरेको छ । 


 





  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार ११:४४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया