सोरारई पोटरुको हिन्दी रिमेक हुने, फिल्ममा ऋतिक, अक्षय र अजय खेल्न सक्ने

पछिल्लाे समयमा बलिउडमा रिमेककाे भूत सवार भएकाे छ । कबिर सिंह, दृश्यमजस्ता साउथ इन्डियन फिल्मकाे हिन्दी रिमेकले निकै चर्चा पाए । यसै क्रममा फिल्म निर्माता विक्रम मलहाेत्राले पनि सन् २०२० मा रिलिज भएको साउथ सुपरस्टार सूर्या अभिनित चलचित्र सोरारई पोटरु(उडान)को हिन्दी रिमेक गर्ने भएका छन् ।

फिल्म निर्माता विक्रम मल्होत्राले  बितेका केही महिनादेखि सोरारई पोटरु फिल्मको मेकर्स ‘२ डी इन्टरटेनमेन्ट’ सँग रिमेक गर्ने बारेमा छलफल गर्दै आएका थिए । अब भने मल्होत्राको प्रस्तावलाई स्वीकार गरिएको छ ।

हिन्दी रिमेकको निर्देशन सुधा कोंगराले गर्नेछिन् । सुधाले नै सोरारई पोटरुको कथा लेखेकी थिइन् । 

रिमेकमा अजय देवगण, जन अब्राहम, अक्षय कुमार र ऋतिक रोशनमध्ये एकलाई लिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सोरारई पोटरु आइएमडिबीमा सबैभन्दा धेरै रेटिङ पाउने चलचित्रको सूचीमा तेस्रो स्थानमा आउन सफल भइ विश्व रेकर्ड बनाएको थियो । फिल्मलाई ९.१ रेटिङ दिइएको छ । यस फिल्मभन्दा अगाडि ‘गड फादर’ लाई ९.२ र ‘द शशांक रिडेम्सन’ लाई ९.३ रेटिङ दिइएको छ ।
 





  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार १३:६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया