सामाजिक सञ्जाल: जब लक्ष्मी आचार्यहरु देख्छु, एकाएक कुकुर बन्न मन लाग्छ
साप्ताहिक पत्रिका ‘शुक्रबार’ मा प्रकाशित मोडेल लक्ष्मी आचार्यको तस्विर

अहिले पनि केही साप्ताहिक पत्रिकाहरुले आफ्नो मध्यपृष्ठमा मोडलहरुको तस्वीरलाई प्राथमिकताका साथ छापिरहेका छन् । र, अधिकांश समय त्यस्ता तस्वीरहरु आलोचित हुँदै आएका छन् । 

नेपाल रिपब्लिक मिडियाको साप्ताहिक पत्रिका ‘शुक्रबार’ ले आफ्नो ब्लोअपमा मोडल लक्ष्मी आचार्यको तस्वीर छापेको तस्वीर अालाेचित भएकाे छ । शुक्रबारमा छापिएको उनको तस्वीरबारे सामाजिक सन्जाल फेसबुक र ट्विटरमा आलोचनात्मक टिप्पणी आएका छन् । किनकि लक्ष्मीको तस्वीर अर्धनग्न छ ।
छापिएको तस्वीरमा लक्ष्मीले कुनै कपडा लगाएकी छैनन् । तस्वीरमा लक्ष्मीले काखमा कुकुर लिएकी छिन् । 

पछिल्लो समय बढिरहेका बलात्कारका घटना, महिलामाथिका हिंसा बढिरहेको समयमा यस्ता तस्वीरले समाजलाई झन् मिसगाइड गर्ने अधिकांश सामाजिक सन्जाल प्रयोगकर्ताको धारणा छ । 

बलात्कार र महिलामाथिको यौनजन्य हिंसाविरुद्ध आवाज बुलन्द बनाउँदै आएकी महिला अधिकारकर्मी सावित्री सुवेदीले फेसबुकमा पत्रिकामा छापिएको लक्ष्मीको तस्विर राख्दै  नाङ्गिने महिला र नङ्ग्याउने सम्पादक दुवैलाई कारबाहीको माग गरेकी छिन् । 

त्यस्तै, लिबाङी अराजकतावादी नामबाट ट्विटर चलाउने अर्का प्रयोगकर्ताले चाहिँ लक्ष्मीलाई एक जोर कपडा दिन पाए हुने कुरा लेखेका छन् । उनले लेखेका छन्, ‘त्यो लक्ष्मी आचार्य भन्ने बहिनी (दिदी त के होलिन् र) नाङ्गै रचिन ! हाम्रो आचार्य थरीकै यो बेइज्जेत ? सबै आचार्य मिलेर पुइसो उठाएर कपडा किन्दिन परो, एक जोर ।’



शुक्रबारका सम्पादक केपी ढुंगानाले पनि सामाजिक सञ्जालमा आएका प्रतिक्रियामाथि टिप्पणी ट्विटरबाटै दिएका छन् । लक्ष्मीको प्रसङ्ग उल्लेख नगरि उनले लेखेका छन्, ‘जसको शरिर उसको अधिकार १ नग्नता शरिरमा हैन मानसिकतामा हुन्छ। अश्लिल शरिर हैन सोच हो। सोच बदलौ देश बदलौ ।।’

ट्विटर प्रयोगकर्ताले लक्ष्मीको यो फोटोसेसनप्रति व्यङ्ग्य पनि गरेका छन् । बेबी अ ह्वाइट स्याडो नामका एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘जब लक्ष्मी आचार्यहरु जस्ता देख्छु, एकाएक कुकुर बन्न मन लाग्छ ।’



कवि तथा लेखक अभय श्रेष्ठले पनि यसबारे प्रतिक्रिया दिएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘नग्न शरीरमा कुकुरलाई काख लिएर तिस्बर खिचाउने लक्ष्मी आचार्यलाई उल्याउनुमा तुक छैन । अपराधी त केटीहरूलाई बिक्रीयोग्य माल बनाउने यो व्यवस्था र यसका बफादार ड्राइभर, खलाँसी पत्रकार हुन् । त्यो तस्बिर सेयर गर्दा हामीभित्र पनि नारीलाई बिकाउ माल ठान्ने मानसिकता छ भन्ने नभुलौँ !’

केहीले पत्रिकाको ध्येयबारे पनि कुरा उठाएका छन् । तीमध्ये एक हुन्, सुमन लम्साल । उनले लेखेका छन्, ‘कुनै पत्रिकामा प्रकाशित फोटोको बारे कमेन्ट गर्नु पहिले पत्रिकाको प्रकृति र उसको धेयको बारे बुझौ। शुक्रबार भन्ने साप्ताहिक गोरखापत्र होइन। त्यसको धेय नै त्यहि हो। अब पोर्न्हब खोलेर शिबजिको भजन किर्तन देखिएन भनेर रुन मिल्छ र ?’

अर्की ट्विटर प्रयोगकर्ताले चाहिँ यो तस्वीरले पुरुष मानसिकता दर्शाएको उल्लेख गरेकी छिन् । बिम्मी कालिन्दी शर्मा नामकी ती प्रयोगकर्ताले लेखेकी छिन्– शुक्रबारको लक्ष्मी आचार्यको फोटोबाट यो त थाहा भयो कि पुरुषहरुको मानसिकता कस्तो छ भन्ने रु उनीहरु पत्रिकामा सबैभन्दा पैला के हेर्छन् र के भन्ने छर्लगँ भयो नि ।

तर, मोडल लक्ष्मी विवादमा तानिएको यो पहिलो पटक होइन । यसअघि पनि उनी यस्ता फोटोसुटहरुमा विवादमा पर्दै आएकी थिइन् । 

  • प्रकाशित मिति : असोज १२, २०७५ शुक्रबार १६:१२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया