भारतीय क्रिकेटर तथा सन् १९८३ को विश्व विजेता यशपाल शर्माको निधन भएको छ । शर्माको हुदयघातका कारण ६६ वर्षको उमेरमा निधन भएको हो ।
शर्माले भारतका लागि ३७ टेस्ट खेलमा १६०६ रन बनाएका थिए । उनी सन् १९८३ को विश्व कपको हिरो थिए ।
प्रतियोगिताको सुरुवातदेखि नै उनको भूमिका उल्लेखनीय थियो ।
सुनील गावसकर यशपाल शर्मालाई मुश्किल समयका ब्याट्म्यान भन्ने गर्दथे । टिम जब संकटमा आउँथ्याे तब उनी दृढ विश्वासका साथ डटेर खेल्थे ।
उनले भारतीय टिमकाे सेलेक्टरकाे रूपमा पनि काम गरेका थिए ।
शर्माकाे निधनले विशेष गरी खेल जगत स्तब्धित भएकाे छ । शर्माको निधनमा विभिन्न खेलाडी, कलाकार तथा राजनीतिज्ञले समवेदना प्रकट गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।