केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि राप्रपा अध्यक्ष कमल थापाले उनका योगदानको स्मरण गरेका छन् ।
मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले ओलीलाई जनादेशबाट विजयी तर परमादेश बाट पराजित भनेका छन् ।
ओलीका दुई वटा अविस्मरणीय योगदान रहेको दावी थापाको छ ।
लिम्पियाधुरा सहितको भूभाग माथिको सशक्त दावी कायम गर्दै नेपालको चुच्चे नक्सा निर्माण गर्नु र पृथकतावादी सिके राउत र विप्लव समूहलाई राष्ट्रिय मूलधारमा ल्याउनु ओलीको अविस्मरणीय योगदान भएको थापाले बताएका छन् ।
‘जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीलाई नयाँ यात्राको शुभकामना’ थापाले भनेका छन् ।
गत पुस ५ मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कमल थापा निरन्तर ओलीको प्रशंसा गर्दै आएका छन् । ओलीका कदमलाई समर्थन गर्दै पनि आएका छन् ।
निवर्तमान प्रम @kpsharmaoli को अविस्मरणीय योगदान:
— Kamal Thapa (@KTnepal) July 13, 2021
-लिम्पियाधुरा सहितको भूभाग माथिको सशक्त दावी कायम गर्दै नेपालको 'चुच्चे'नक्सा निर्माण तथा
-पृथकतावादी सिके राउत र विप्लव माओवादीको राष्ट्रिय मूलधारमा प्रवेश
जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीलाई नयाँ यात्राको शुभकामना
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।