राष्ट्रपति कार्यालयले मानेको छैन देउवा नियुक्ति पत्र सच्याउन

राष्ट्रपति कार्यालयले यसअघि जारी गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र सच्याउन आलटाल गरिरहेको छ । 

यसअघि जारी गरेको पत्रमा संविधानको धारा नभइ सर्वोच्च अदालतको फैसलाका कारण देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र राष्ट्रपति कार्यालयले जारी गरेको थियो ।

आफूलाई नियुक्ति गरिएको पत्रमा असन्तुष्टि जनाएर देउवा ६ बजे पुग्ने भनिए पनि शितल निवास गएका थिएनन् । उनी बुढानिलकण्ठमा हुँदा नै राष्ट्रपति कार्यालयबाट नियुक्तिको पत्र सच्याइएको खबर उनीकहाँ पुगेको थियो ।

६ बजे तय भएको सपथ कार्यक्रममा भाग लिन उच्च पदस्थ अधिकारी तथा राजनीतिज्ञहरु शितल निवास पुगिसकेका थिए । तर, देउवा पुगेपछि उक्त सच्याइएको पत्र दिइएन । 

त्यसपछि उनले आफूले राष्ट्रपति कार्यालयको नियुक्तिको पत्र नसच्याइएसम्म सपथ नलिने अडान लिएका छन् । तर, अहिले पनि राष्ट्रपति कार्यालयले पत्र सच्याउन आलटाल गरिरहेको छ ।





  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार २०:९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया