logo-img

प्रधानमन्त्रीको सपथ लिए देउवाले

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको सपथ लिएका छन् । 

शितल निवासमा मंगलबार साँझ आयोजित कार्यक्रममा देउवाले ईश्वर, देश र जनताको नाममा सपथ लिएका हुन् । देउवालाई आजै राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यसअघि सोमबार मात्र २८ घन्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो ।

प्रधानमन्त्री देउवाले आजै आफ्नो क्याबिनेट पनि विस्तार गरेका छन् । उनको क्याबिनेटमा अर्थमन्त्रालयको जिम्मेवारी जनार्दन शर्मा प्रभाकर, गृहमन्त्रालयको जिम्मेवारी बालकृष्ण खाँण, ऊर्जा, जनस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पम्फा भुसाल र कानुन तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्कीले पाएका छन् ।



याेसँगै देउवा पाँचाै पटक नेपालका प्रधानमन्त्री बनेका छन् । 

देउवा सबैभन्दा पहिले २०५२ सालमा प्रधानमन्त्री बनेका थिए । त्यसपछि २०५८, २०६१ र २०७४ सालमा प्रधानमन्त्री बनेका थिए ।





  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया