नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सामाजिक सञ्जालमार्फत बधाइ दिएका छन् ।
प्रधानमनत्रीको शपथ लिएलगत्तै गगनले देउवालाई बधाइ दिएका हुन् । उनले संविधान कार्यान्वयनको जिम्मेवारी र महामारी व्यवस्थापनको जिम्मेवारी मिलाएर लैजान देउवालाई आग्रह गरेका छन् ।
उनले लेखेका छन्, 'एकातर्फ संविधान कार्यान्वयन गर्ने जिम्मेवारी छ,अर्को तर्फ ओली सरकारको अकर्मण्यताले महामारी लगायतका समस्यामा भोग्नु परेको सास्तीबाट निराश जनतालाई आशा र भरोसा दिलाउनु छ। हामीलाई चुक्ने सुविधा छैन,यो चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्नुहुनेछ।
नव नियुक्त प्रम आदरणीय शेर बहादुर देउवालाई हार्दिक शुभकामना !’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।