उदयपुरमा चट्याङ लागी दुई जनाको मृत्यु

उदयपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको त्रियुगा नगरपालिका-३ भुल्के ठाडीमा घर नजिकै खेतमा धान रोप्दै गर्दा चट्याङ लागेर ठाडीका ४० वर्षीया ललिता चन्द र ३९ वर्षीया फूलकुमारी सदाको मृत्यु भएको हो ।

चट्याङ लागी गम्भीर घाइते भएका दुवैको उपचारका लागि जिल्ला अस्पताल गाईघाटमा ल्याइएको थियो । उपचारकै क्रममा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । 





  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार ६:५६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया