पाकिस्तान विरुद्धको दिवसीय सिरिजमा इङ्ल्यान्डको क्लिनस्विप

पाकिस्तान विरुद्ध ३ खेलको एक दिवसीय सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली इङ्ल्यान्ड विजयी भएको छ । उसले मंगलबार भएको खेलमा ३ विकेटको जित हात पारेको हो ।

जितसँगै इङ्ल्यान्डले सिरिजमा क्लिनस्विप राख्न सफल भएको छ । 

पाकिस्तानले दिएको ३३२ रनको बलियो लक्ष्य इंग्ल्यान्डले ४८ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्‍याे । उसका लागि जेम्स भिन्सले शतकीय पारी खेले । ९५ बलको सामना गरेका उनले ११ चौकाको मद्दतमा १०२ रन प्रहार गरे ।

लेविस गेग्रोरीले ६९ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ७७ रनको योगदान दिए । ज्याक क्राउलीले ३९ र कप्तान बेन स्टोक्सले ३२ रन जोडे ।

पाकिस्तानका लागि हारिस राउफले ४, शादब खानले २ र हसन अलीले १ विकेट हात पारे ।

यसअघि बर्मिङ्घममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३३१ रनको बलियो योगफल तयार पारेको थियो । 
उसका लागि कप्तान बाबर अजामले १५८ रनको उत्कृष्ट पारी खेले । १३९ बलको सामना गरेका उनले १४ चाैका र ४ छक्का प्रहार गरे ।



मोहम्मद रिजवानले ५८ बलमा ८ चौकाको मद्दतले ७४ रनको योगदान दिए । इमान उल हकले ७३ बलमा ७ चौकाको मद्दतले ५६ रन प्रहार गरे ।

इंग्ल्यान्डका लागि ब्रेडन कार्सेले ५, साकिब महम्मदले ३, म्याट पार्किनसनले १ विकेट हात पारे ।



इंग्ल्यान्डले पहिलो खेल ९ विकेट र दोस्रो खेल ५२ रनले आफ्नो पक्षमा पारेको थियो । 
 
 

  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार ७:५०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया