मोरङमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको बेलबारी नगरपालिका-१० भाउन्नेमा पहिचान सवारी साधनको ठक्करबाट अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
सवारी साधनको ठक्करबाट घाइते भएको अवस्थामा ती पुरुष मंगलबार साँझ साढे सात बजेतिर फेला परेका थिए ।
गम्भीर घाइते भएका उक्त पुरुषलाई उपचारका लागि नोबेल सामुदायिक अस्पतालमा लगिएको थियो । अस्पतालमा भर्ना भएको केही बेरमै उनको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
ठक्कर दिने सवारी साधन र मृत्यु हुने दुवैको पहिचान हुन सकिरहेको छैन ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।