छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप ३८ हजार ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै गरी पछिल्लो २४ घन्टामा थप ६२४ जना संक्रमितले ज्यान गुमाएका छन् ।
जोन होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म भारतमा ३ करोड ९ लाख ७ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ४ लाख १० हजार ७८४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
कोरोना भाइरसबाट सबैभन्दा धेरै मर्ने र संक्रमित हुनेको सूचीमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म ६ करोड ७ हजार ७५४ जनाले ज्यान गुमाइसकेका छन् भने ३ करोड ३९ लाख ११ हजार ८२३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
अमेरिकापछि ब्राजिलमा कोरोना भाइरसबाट मर्नेको संख्या धेरै रहेको छ । ब्राजिलमा हालसम्म ५ लाख ३५ हजार ८३८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने १ करोड ९१ लाख ५१ हजार ९९३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।