ज्योतिषीसँग परामर्शपछि मात्र देउवा बालुवाटार सर्ने

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारमा सर्नका लागि ज्योतिषीसँग परामर्श गर्दैछन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित सरकारी निवास आज छोड्ने भएका छन् । उनी केही बेरमा बालकोट प्रस्थान गर्नेछन् ।

सरकारी निवास आज खाली भएपछि केही दिनमा सर्न मिल्ने भए पनि प्रधानमन्त्री देउवा अहिले तत्काल बालुवाटार सर्ने मुडमा छैनन् । ‘उहाँले पछिल्लो समय आफ्ना राजनीतिक तथा अन्य कामहरु ज्योतिषीको परामर्शमा मात्र गरिरहनु भएको छ, बालुवाटार सर्न पनि उहाँ परामर्श गरेपछि मात्र तयार हुनुहुन्छ,’ देउवानिकट एक नेताले भने, ‘त्यसैले उहाँ ठ्याक्कै बालुवाटार कहिले सर्नुहुन्छ भन्ने ठेगान छैन ।’

मंगलबार राष्ट्रपति कार्यालयमा सपथ खाएपछि देउवा प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर सोझै बुढानिलकण्ठ गएका थिए ।





  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार १०:३७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया